संयुक्त राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्री शाह अमेरिका जाने

  • Clock icon
    २०८३ भाद्र १९, शुक्रबार

प्रधानमन्त्री बालेन्द्र शाह-बालेन संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने भएका छन् ।

अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको प्रधानमन्त्री कार्यालयले जनाको छ ।

उनीसँगै परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागि हुनेछन् ।

‘महासभामा के विषय उठाउने भन्नेबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पनि चासो व्यक्त भएको छ ।

प्रधानमन्त्री शाहको भ्रमणबारे औपचारिक निर्णय भने हुन बाँकी छ ।

यसअघि गत ३ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री खनालको नेतृत्वको प्रतिनिधिमण्डललाई महासभामा सहभागी हुनका लागि स्वीकृति दिएको थियो ।

पछिल्लोपटक रसुवाको भोटेकोशीमा आएको बाढीपछिको अवस्थालाई मध्यनजर गर्दै प्रधानमन्त्री शाह पनि सभामा सहभागी हुन जान लागेको हो ।

प्रधानमन्त्री शाह आफैं उपस्थित भएर उक्त सभामा जलवायुको विषय उठाउन पर्ने माग पछिल्लो समय बढेको थियो ।

जलवायु संकटकै कारणले नेपालले ठूलो क्षति व्यहोरेको पृष्ठभूमिमा यो सभालाई प्रयोग गरेर नेपालले आफूमाथि न्याय माग्न संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहको सहभागि हुन लागेको हो ।