काठमाडौं । ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड–१ ले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट इकाइधनीलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
ग्लोबल आइएमई क्यापिटलको सञ्चालक समितिले गरेको निर्णयअनुसार इकाइधनीले कुल १२ करोड ३० लाख ९१ हजार ६३२ रुपैयाँ बराबरको लाभांश पाउनेछन्। लाभांश वितरणका लागि बुकक्लोज मिति भने तय गरिएको छैन।
यसैबीच, ग्लोबल आईएमई क्यापिटलको व्यवस्थापनमा सञ्चालित ग्लोबल आईएमई समुन्नत योजना–२ ले यस वर्ष लाभांश नदिने निर्णय गरेको छ।
