रसुवा बाढिपडितका लागी नेपाल टेलिकमद्वारा १० करोड सहयोग

काठमाडौं । नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १० करोड सहयोग रकम हस्तान्तरण गरेको छ ।

भदौ १० गते रसुवास्थित भोटेकोसी नदीमा आएको प्रलयकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि टेलिकमले बुधवार सो रकम हस्तान्तरण गरेको हो ।

सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना र सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कुमार पौडेलको उपस्थितिमा प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल)ले उक्त रकमको चेक माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिन ।

उक्त रकम हस्तान्तरण कार्यक्रममा प्रमुख सञ्चालन अधिकृत प्रेम प्रसाद सिलवाल, प्रमुख वित्तीय अधिकृत द्वारिका प्रसाद पौडेल र प्रमुख व्यावसायिक अधिकृत गोपालसिंह केसी समेतको उपस्थिति रहेको थियो ।