अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बुधबार फ्लाई दुबईको विमानमा पाइलटमाथि भएको आक्रमणमा इरानको संलग्नता पुष्टि भयो भने उसविरुद्ध ‘धेरै घातक आक्रमण’ गरिने चेतावनी दिएका छन्।
गत सेप्टेम्बर ३० तारिख (बुधबार) यूएईको दुबईबाट इजरायलको तेल अभिभ जाँदै गर्दा पाइलट अस्मित मच्छरलाई सहपाइलटले चक्कुले हानेका थिए। तर पनि क्याप्टेन अस्मितले यात्रुहरूसँग मद्दत मागेर विमान दुर्घटना हुनबाट बचाउँदै साउदी अरबमा अवतरण गराएका थिए। जसमा १७४ यात्रु (१६६ इजरायली नागरिक सहित) थिए।
हाल आक्रमणकारी को(पाइलट साउदीको नियन्त्रणमा छन् भने त्यहाँ उपचारपछि पाइलट अस्मित शुक्रबार मात्र यूएई फर्किएका छन्।
यसै विषयमा पत्रकारसँग कुरा गर्दै अमेरिकाका राष्ट्रपति ट्रम्पले विमान दुर्घटना गराउन प्रयास गरेको आरोप लागेका फ्लाई दुबईका सह(पाइलटको सम्बन्ध इरानसँग हुन सक्ने दाबी गरेका हुन्।
उनले थपे, ‘हामी अहिले यसमा काम गरिरहेका छौँ। उनीहरूले हामीसँग धेरै खुला रूपमा जानकारी साझा गरिरहेका छन्। मैले जे सुनेँ, त्यसका आधारमा म भन्छु( यसको जवाफ हो।’
इरान दोषी पाइएमा अमेरिकाले बदला लिन्छ कि लिँदैन भन्ने पत्रकारको प्रश्नको ट्रम्पले भने, ‘इरानीहरूलाई धेरै गम्भीर प्रहार गरिनेछ।’
बीबीसी अरबी सेवाका अनुसार यात्रुहरूको भनाइले के संकेत गर्छ भने सहपाइलटले विमान दुर्घटना गराउने उद्देश्यले क्याप्टेनलाई चक्कुले आक्रमण गरेका थिए, जसका कारण विमान एक मिनेटमा ५ हजार मिटर तल ओर्लिएको थियो।
चोटपटकका बाबजुद क्याप्टेन ककपिटको ढोका खोल्न सफल भए, जसले गर्दा यात्रुहरू भित्र पस्न र आक्रमणकारीलाई रोक्न सकियो।
