सुदूरपश्चिम रोएल्सका हेमन्त धामीले यसपटक पनि पाए एनपीएल उपाधि

सुदूरपश्चिम रोएल्सका हेमन्त धामीले दोस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेका छन् ।

उनले सुदूरपश्चिम रोएल्सबाट खेल्दै शनिबार तेस्रो संस्करणको उपाधि जित्दै यो उपलब्धी हासिल गरेका हुन् ।

यसअघि पहिलो सिजन जनकपुर बोल्ट्स च्याम्पियन बन्दा उनी सोही टिमका सदस्य थिए ।

दोस्रो सिजन हेमन्त सुदूरपश्चिम रोएल्समा अनुबन्ध हुादै फाइनलसम्म पुगेका थिए । तर लुम्बिनी लायन्ससँग पराजित हुँदा उपाधिबाट बन्चित भए ।

यसअघि पहिलो सिजन जनकपुर बोल्ट्स च्याम्पियन बन्दा उनी सोही टिमका सदस्य थिए ।