इन्धन मूल्य समायोजन : पेट्रोल सस्तो, डिजेल–मट्टीतेल र हवाई इन्धन महँगो

  • Clock icon
    २०८२ श्रावण १६, शुक्रबार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थहरूको मूल्य समायोजन गरेको छ। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरिएको छ।

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर रु १५९, डिजेल र मट्टीतेल रु १५० कायम भएको छ।

त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य रु ३ ले बढाएर रु १२८ प्रति लिटर तोकिएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर USD 21 ले वृद्धि गरिएको छ।

निगमले अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा समय–समयमा स्वचालित प्रणालीअनुसार इन्धनको मूल्य समायोजन गर्दै आएको जनाएको छ।

  • Clock icon
    २०८२ श्रावण १६, शुक्रबार