आजका विदेशी मुद्राको दर सार्वजनिक, डलरको बिक्रीदर १४० नाघ्यो

मानी पैसा बिदेशी मुद्रा money

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज प्रकाशित दरअनुसार अमेरिकी डलरको खरिददर १३९.७७ रुपैयाँ र बिक्रीदर १४०.३७ रुपैयाँ कायम गरिएको छ।

युरोपियन युरोको खरिददर १५९.५१ रुपैयाँ र बिक्रीदर १६०.२० रुपैयाँ छ भने बेलायती पाउन्ड स्टर्लिङको खरिददर १८४.०२ र बिक्रीदर १८४.८१ रुपैयाँ रहेको छ। स्वीस फ्र्याङ्कको खरिददर १७१.२८ र बिक्रीदर १७२.०१, अष्ट्रेलियन डलरको खरिददर ८९.८८ र बिक्रीदर ९०.२६, क्यानाडियन डलरको खरिददर १००.७७ र बिक्रीदर १०१.२० रुपैयाँ तोकिएको छ।

त्यस्तै, सिंगापुर डलर १०७.६७ (खरिद) र १०८.१३ (बिक्री), १० जापानी येन ९.३० (खरिद) र ९.३४ (बिक्री), चिनियाँ युआन १९.३८ (खरिद) र १९.४६ (बिक्री) मा कारोबार भइरहेको छ। साउदी रियालको खरिददर ३७.२६ र बिक्रीदर ३७.४२, कतारी रियालको ३८.३४ (खरिद) र ३८.५१ (बिक्री), युएई दिराम ३८.०५ (खरिद) र ३८.२२ (बिक्री), मलेसियन रिङ्गिट ३२.६८ (खरिद) र ३२.८२ (बिक्री) रुपैयाँ रहेको छ।

थाई भाट ४.२६ (खरिद) र ४.२७ (बिक्री), १०० दक्षिण कोरियन वोन ९.९६ (खरिद) र १०.०० (बिक्री), स्विडिस क्रोना १४.२४ (खरिद) र १४.३० (बिक्री), डेनिस क्रोन २१.३७ (खरिद) र २१.४७ (बिक्री) मा विनिमय दर तय गरिएको छ। हङकङ डलर १७.८१ (खरिद) र १७.८८ (बिक्री), कुवेती दिनार ४५६.५३ (खरिद) र ४५८.४९ (बिक्री), बहरैनी दिनार ३७०.७४ (खरिद) र ३७२.३३ (बिक्री), ओमानी रियाल ३६३.०२ (खरिद) र ३६४.५८ (बिक्री) मा कारोबार भइरहेको छ।

भारतीय रुपैयाँको विनिमय दर भने १०० रुपैयाँ बराबर नेपाली १६० (खरिद) र १६०.१५ (बिक्री) कायम गरिएको छ।