मञ्जुश्री फाइनान्सको भिडियो केवाइसी सेवा सार्वजनिक

majushree finance मञ्जुश्री

मञ्जुश्री फाइनान्सले भिडियो केवाइसी सेवा सार्वजनिक गरेको छ । फाइनान्सले डिजिटल क्षेत्रमा ग्राहकलाई सहज बैंकिङको सुविधा प्रदान गर्न भिडियो केवाइसी सोलुसनको सुरुवात गरेको जनाएको छ । यो सेवा सञ्चालनमा आएसँगै ग्राहकले खाता अद्यावधिक गर्न बैंकको शाखा पुग्नुपर्ने झन्झट हेटको छ । अत्याधुनिक प्रविधिसहित विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै फाइनान्सले यो सेवा सञ्चालन गरिएको जनाएको छ ।

पछिल्लो समय फाइनान्सले डिजिटल माध्यमलाई विशेष प्राथमिकताका साथ अघि बढाइरहेको छ ।