डोनाल्ड ट्रम्पद्धारा भारत र पाकिस्तानबीच युद्धविराम आफ्नै पहलमा भएको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्धन्दरत दुई राष्ट्र भारत र पाकिस्तानबीचको द्धन्द्ध आफ्नै पहलमा भएको घोषणा गर्नुभएको छ

। उहाले आफ्ना सामाजिक मिडिया एक्स मार्फत द्धन्दले आर्थिक, सामाजिक लगायत विभिन्न क्षेत्रमा अवरोध गर्ने भएकाले समाधानका लागि आग्रह गरेको र सो आग्रहलाई दुबै देशले मानेर युद्धविराम गरेको बताउनुभएको हो ।

ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविरामको सहमति भएको घोषणासँगै दक्षिण एशियाको विभिन्न देशमा शान्ति सुरक्षा हुने उल्लेख गर्नुभयो ।

उहाँका अनुसार, अमेरिकाको पहलमा भएको लामो कूटनीतिक संवादपछि दुवै देश युद्धविराममा सहमत भएका हुन्।
ट्रम्पले आफूले यस्तो सहमति घोषणा गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिनुभएको छ ।