दीपज्योति: परंब्रह्म दीपज्योतिर्जनार्दन:।
दीपो हरतु मे पापं दीपज्योतिर्नमोऽस्तुते॥
दियोको प्रकाश परम ब्रह्म हो। दियोको प्रकाशले भगवान विष्णुको प्रतिनिधित्व गर्दछ।
यो ज्योतिले हाम्रा पापहरू हटाओस्, दिव्य प्रकाश को नमस्कार।
यसवर्ष वि.सं.२०८३ सालको तिहार हिजो भाइटीका मनाएसँगै सम्पन्न भएको छ।
आज यमपञ्चकको कुनै विशेष दिन नभएतापनि आज महान चाड तिहारको बिदा पर्दछ ।
यस वर्ष तिहारमा बालिएका हरेक दियोहरुले दया जगाओस्, रक्षा गरोस्, माया पलाओस् । चाडवाडको रौनक पछिको दिनहरुमा रमाइलो गरौं ।
