प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले अनुदानको मल खरिद गर्न पर्याप्त बजेट नभएको बताएका छन् । केहि अगाडि यीनै मन्त्रीले मलको अभाव हुदैन भनेर सार्वजनिक मन्तव्य दिएका थिए तर अहिले मल चाहिने बेलामा भने बजेट नभएको धारणा राखेका छन् । विगत लामो समयदेखि किसानले मल नपाउने समस्या आइरहेको छ ।