काठमाडौं,–भारतको इन्द्रप्रस्थ एपोलो अस्पतालले ग्याष्ट्रोएँटोरोलोजी न्युरोलोजी सेवा र उपचारमा नयाँ उपलब्धि र विकासको बारेमा जानकारी दिनका लागि काठमाण्डौमा पत्रकार सम्मेलन गरेको छ। काठमाण्डौको हिल्टन होटलमा आयोजित कार्यक्रममा अस्पतालका विशेषज्ञ चिकित्सकहरूले आधुनिक ग्याष्ट्रोएँटोरोलोजी र न्युरोलोजी सेवाबारे जानकारी दिएका हुन्।
कार्यक्रममा सिनियर कन्सल्टेन्ट ग्याष्ट्रोएँटोरोलोजी हेपाटोलोजी डा. संजय सिक्काले ग्याष्ट्रोएँटोरोलोजी कलेजो, प्याट्रीयाटीक रोगको बारेमा विस्तृत जानकारी दिँदै उपचारका लागि अत्याधुनिक उपकरण र प्रविधि प्रयोग गरिने बताएका छन्। त्यसैगरी न्यूरोलोजीका सिनियर कन्सल्टेन्ट डा. आर एन रञ्जनले स्ट्रोक, मल्टिपल स्क्लेरोसिस, मुभमेन्ट डिसअर्डर, न्युरोइमेजिङ र न्युरोइलेक्ट्रोफिजियोलोजिकल स्टडीज जस्ता रोग र ती रोगका उपचार पद्धति अब सहज रुपमा उपलब्ध हुने बताएका छन् ।
कार्यक्रममा सहभागिहरूले एपोलो अस्पतालले ल्याएको नयाँ उपकरण र प्रविधिले नेपालका बिरामीलाई ठूलो राहत पुग्ने अपेक्षा व्यक्त गरेका थिए।
नेपालका बिरामीलाई सहज उपचार र उच्चस्तरीय सुविधा उपलब्ध गराउन एपोलो अस्पतालले निरन्तर सहयोग गर्ने जनाइएको छ। अस्पतालले विगत ४१ वर्षदेखि स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै आएको छ र आगामी दिनमा पनि नेपाल-भारत स्वास्थ्य सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।
यस अस्पताल भारतको सबैभन्दा ठुलो नेटवर्क भएको अस्पताल हो । जहाँ विश्वभरका बिरामीहरूलाई विश्वस्तरीय विषेशज्ञता प्रदान गर्दै आइरहेको छ ।
कार्यक्रमका तस्बिरहरू