सिफारिस समितिका सदस्य नै गर्भनरको चर्चामा

परराष्ट्रमन्त्री आरजु राणा देउवाको विश्वासपात्र विश्व पौडेल एकाएक नेपाल राष्ट्र बैंकको गर्भनरको चर्चामा आउनुभएको छ ।

राष्ट्र बैंककी निमित्त गर्भनर डा. निलम ढुंगाना तिम्सिनाले राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्टको विगत ३ सातादेखि राजीनामा स्विकृत नगरेका कारण नेपाली कांगे्रसले विकल्पको रुपमा पौडेलाई अघि सारेको हो ।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सार्वजनिक कार्यक्रममै कांग्रेसको भागमा गर्भनर आउने र गर्भनरमा गुणाकरको नाम सिफारिस भएको जानकारी दिनुभएको थियो ।