करिब तीन दसक लामो यात्रामा मजदुरद्वारा न बन्द–हड्ताल, न त कुनै असन्तुष्टिको आवाज र अवरोध । ‘मजदुरमैत्री’ उद्योगको पहिचान बनाएको रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८१/८२ मा ४७.६३ करोड खुद नाफा कमाउँदै अघिल्लो वर्षको तुलनामा ८४५% वृद्धि गरेको छ। कुल नाफा १ अर्ब ४८ करोड पुगेको छ।
नाफा बढेसँगै कम्पनीले राज्यलाई ठूलो कर योगदान गरेको छ भने श्रमिकलाई दिइने बोनस पनि १.०१ करोडबाट बढाएर ६.८२ करोड (५ सय % वृद्धि) वितरण गरेको छ।
४ हजार श्रमिक कार्यरत यो उद्योगले डे-केयर, स्वास्थ्य, शिक्षा, आवासदेखि स्तनपान कक्षसम्म सुविधा उपलब्ध गराउँदै आएको छ। वार्षिक ५ करोड डलर बराबरको निर्यात गर्दै देशको अर्थतन्त्रलाई बलियो बनाएको छ।
नेपाल सरकारकै नजरमा पनि यो उद्योगको योगदान असाधारण छ । त्यसैले गत असारमा कम्पनीका प्रबन्ध निर्देशक अक्षय गोल्यानलाई ‘महत्वपूर्ण वर्ष व्यक्ति’ (CIP) सम्मानले गौरव गरिएको थियो ।
रिलायन्स स्पिनिङ मिल्सले देशलाई कर तिर्दै, श्रमिकलाई सुविधा बढाउँदै र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्दै गरेको योगदान साँच्चिकै प्रशंसनीय छ । यसले देखाएको उदाहरणले अन्य उद्योग–व्यवसायलाई पनि प्रेरणा दिने विश्वास गरिएको छ ।रिलायन्सले नाफा मात्र होइन, कर र श्रमिकमैत्री सुविधा दुवै बढाएर उद्योगको आदर्श उदाहरण प्रस्तुत गरेको छ।
रिलायन्स स्पीनिङ मिल्स नेपालकै प्रतिष्ठित घराना गोल्यान ग्रुप अन्तरगत सञ्चालित छ ।