उपप्रधान एवं वित्तमन्त्री पौडेलसँग चिनियाँ राजदूतस्तरीय भेट

उपप्रधानमन्त्री तथा वित्तमन्त्री विष्णु प्रसाद पौडेलले चीनको सामान्य भन्सार प्रशासन (General Administration of Customs) का उपमन्त्री तथा CPC कमिटी सदस्य वाङ लिङ्जुनसँग शिष्टाचार भेटघाट गरेका छन्।

वित्तमन्त्री सचिवालयका अनुसार भेटमा नेपाल-चीन भन्सार नाकाहरूको व्यवस्थापन र हालैका बाढीले क्षति पुर्‍याएको रसुवा सीमासँग जोडिएको पुल र सडक पुनर्निर्माण विषयमा छलफल भएको थियो।

सो अवसरमा पूर्व समझदारीअनुसार सडक पूर्वाधार उन्नयन, द्विपक्षीय व्यापार, र दुई देशबीचका पुराना समझदारी कार्यान्वयनबारे पनि वार्ता भएको जानकारी सचिवालयले दिएको छ।