टुँडिखेलमा गौरा पर्वको रौनक (फोटो- फिचर)

सुदूरपश्चिम प्रदेशमा विशेष रुपमा मनाइने गौरापर्व काठमाडौंको टुँडिखेलमा मनाइएको छ ।

हरेक वर्षजस्तै आइतबार सुदूरपश्चिममबाट काठमाडौं आएर बसोबास गर्ने समुदायले सद्भाव र एकताको सन्देश दिन गौरा पर्व मनाएका हुन् ।

तीन दिनसम्म मनाइने गौरामा महिलाहरू व्रत बस्ने र गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा भिजाउने गर्छन् ।

यिनै पाँच अन्नको मिश्रणलाई ‘बिरुडा’ भन्ने गरिन्छ । गौराको दोस्रो दिन व्रतालु महिलाले पानीका मुहान र पँधेरामा शुभ मुहूर्तमा सामूहिक रूपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ ।