केपी ओली मेरो देशका प्रधानमन्त्री हुन्। अन्तर्राष्ट्रिय मञ्चमा उनको प्रस्तुतिमा मेरो देश झल्किन्छ , नेपाली देखिन्छ । जहाँ म पनि देखिन्छु ।
यसर्थ सांघाई सहयोग संगठन बैठकमा उनले जे जति प्रस्तुति राखेका छन् र कूटनीतिक प्रयास गरेका छन् । त्यो सकारात्मक छ। हाम्रो जति हैसियत छ,त्यति देखाउने हो ।विगतमा हामीले नयाँ उचाइको हैसियत बनाउन सकेनौं । अनि अहिले ओलीले हैसियत बनाउन सक्ने कुरा पनि होइन र हुन्न पनि ।यश पटकको बेईजिङ भ्रमणमा विश्व महाशक्तिहरूका अघि उभिएर उनले नेपालको स्वाभिमान र स्वाधीनताताको पक्षमा जे जति अभिव्यक्त गरेका छन् । त्यसको हरेक नेपालीले निन्दा होईन, साथ र समर्थन गर्नुपर्छ ।
अन्तर्राष्ट्रिय सम्बन्धहरूका सन्तुलनमा नयाँ परिभाषा र नयाँ व्यवस्था गर्न जरुरी छ । विदेश सम्बन्ध राष्ट्रको सवाल हो। राष्ट्रिय सवालमा सबै एकमत हुनैपर्छ ।यो दल र व्यक्ति विशेष कुरा पनि होईन।कुनै पनि देशभक्तले अन्तर्राष्ट्रिय मञ्चमा सरकारको निन्दा गर्दैन । बरू,सकारात्मक पृष्ठपोषण गर्छ ।हाम्रो घरेलु समस्या धेरै छन् । सरकारले गएको एक वर्षमा कथा हाल्ने बाहेक त्यस्तो उल्लेख्य प्रगति गरेकै छैन । यो कुरा सबैलाई थाहा छ।तर,अन्तर्राष्ट्रिय मञ्चमा नेपाल उपस्थितिलाई सकारात्मक आँखाले हेर्ने आदतको विकास गरौ। निन्दाले समाज पनि बदलिन्न ,व्यक्ति पनि सप्रिन्न। जय नेपाल
भेष थापा व्यवसायी हुन् उनको अनुभव यातायात क्षेत्रमा बढी छ । निष्पक्ष र निडर छवि भएका व्यवसायी थापा स्वस्च छवि भएका व्यक्ति हुन् ।