भुक्तानी प्रदायक कम्पनी कनेक्ट आइपिएसले चाडपर्वमा शुभयात्रा’ अफर ल्याएको छ । यसअन्तर्गत विभिन्न एयरलाइन्सको फ्लाइट तथा बस टिकटको भुक्तानी कनेक्ट आइपिएसबाट गर्दा आकर्षक क्यासब्याक तथा छुट पाउन सकिनेछ । अफर भने २२ भदौदेखि १८ असोजसम्म चल्नेछ ।
उक्त क्यासब्याक अफर बुद्ध एयर, श्री एयरलाइन्स, यती एयरलाइन्स र बस सेवा ट्राभल एन्ड टुरको टिकट भुक्तानीमा उपलब्ध हुनेछ । बुद्ध एयरको टिकट खरिदमा ग्राहकले एक सय एक रुपैयाँ क्यासब्याकका साथै पाँचजना लक्की जोडीले माउन्टेन फ्लाइट टिकट जित्न सक्नेछन् । त्यस्तै, श्री एयरलाइन्सको टिकट खरिदमा पाँच सय एक रुपैयाँ क्यासब्याक, यती एयरलाइन्सको टिकटमा तीन सय रुपैयाँको छुटसँगै १० लक्की जोडीले माउन्टेन फ्लाइट जित्ने मौका प्राप्त गर्न सक्नेछन् । साथसाथै, बस सेवाबाट टिकट काटेर कनेक्ट आइपिएसमार्फत भुक्तानी गर्ने पहिलो एक हजार ग्राहकले ५१ रुपैयाँ क्यासब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ ।