कास्की र म्याग्दीका ४ कैदी बागलुङमा पक्राउ

जिल्ला कारागार कास्की र जिल्ला कारागार म्याग्दीबाट भागेका ४ कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ।

कारागारबाट भागेर बागलुङ प्रवेश गर्दै गरेका उनीहरूलाई मालढुङ्गा चेकपोस्टबाट बुधबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए।

जिल्ला कारागार कास्कीबाट भागेका ३ जना र जिल्ला कारागार म्याग्दीबाट भागेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

रासस