भदौ २३ र २४ गते भएको ‘जेन-जी’ आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा शनिबार राजधानीको माइतीघर मण्डलामा कलाकारहरूले श्रद्धाञ्जली अर्पण गरेका छन्।
शान्तिपूर्ण प्रदर्शनको क्रममा सुरक्षाकर्मीको बल प्रयोगपछि भएको झडपमा परी ज्यान गुमाउनेहरूप्रति सम्मान प्रकट गर्न विभिन्न क्षेत्रका कलाकारहरू – चलचित्र, संगीत, साहित्य र रंगमञ्चका प्रतिनिधिहरू माइतीघरमा भेला भएका हुन् ।
पूर्वप्रधानमन्त्री ओलीविरूद्ध उजुरी