प्रधानमन्त्री सुशीला कार्की र भारतीय राजदूत नविनबीच भेट

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मंगलवार अपरान्ह सिंहदरबारमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई भेट गरेका हुन् ।

भेटका क्रममा नेपालको उन्नति र समृद्धिका लागि भारतले सधैँ सहयोग गर्दै आएको र आगामी दिनमा पनि नेपालको समृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

साथै नेपालको विकास, पुन निर्माणमा भारतले सघाउने प्रतिवद्धता समेत व्यक्त गरेको छ । नेपालमा शान्ति, सुशासन र स्थिरताको पक्षमा भारत रहेको उनले भेटवार्ताका क्रममा बताएका छन् ।

जेन-जी आन्दोलनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै अन्तरिम सरकारको प्रधानमन्त्रीमा कार्की नियुक्त भएकी हुन् ।

संघीय तहमा २० प्रतिशतले दरबन्दी कटौती गर्ने निर्णय

नियुक्त भएसँगै कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा गरेका छन् ।

यसैबीच, आगामी बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रधानमन्त्री कार्कीसँग फोनवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ ।