रसुवागढी नाकाबाट स्याउ बोकेर काठमाडौं आउँदै गरेको ट्रकमा सुन भेटिएको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा सुन भेटिएको हो। प्रहरीका अनुसार सुनका सातवटा बिस्कुट भेटिएको छ। जसको तौल लिने काम भइरहेको प्रहरीको भनाइ छ। बरामद सुन करिब सात केजी भएको आकलन छ। प्रहरीले ट्रकका चालकलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ। सुराकीको आधारमा प्रहरीले ट्रक नियन्त्रणमा लिएर चेकजाँच गर्दा सुन भेटिएको हो।
तस्वीर : www.setopati.com बाट
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            