त्रिभुवन विमानस्थलमा भारतीय नागरिक सुनसहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४८ वर्षीय भारतीय नागरिक रोनक मदनीलाई करिब ८३५ ग्राम अवैध सुनसहित पक्राउ गरिएको छ।

उनी मुम्बईबाट इन्डिगो एयरमार्फत काठमाडौं आएका थिए। मंगलबार दिउँसो विमानस्थलको भन्सार एरियामा शंका लागेर उनीमाथि जाँच गर्दा मलद्वारमा लुकाइएका ३ वटा डल्लामा सुन फेला परेको थियो।

भन्सारले आवश्यक कारबाही र अनुसन्धानका लागि रोनक मदनीलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाएको छ।