कांग्रेसले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता

नेपाली कांग्रेसले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार प्रदेश पार्टी कार्यालयमा सम्पन्न संसदीय दलको बैठकले सरकारले पाएको समर्थन फिर्ता लिने र आफ्ना मन्त्रीहरू फर्काउने निर्णय गरेको हो।

यसअघि जनमत पार्टीले पनि आफ्नो समर्थन फिर्ता लिएको जानकारी प्रदेश प्रमुख र प्रदेश सभा सचिवालयलाई औपचारिक रूपमा दिएका थिए। कांग्रेसको समर्थन फिर्ता लिँदा मुख्यमन्त्री सतीश कुमार सिंह नेतृत्वको जनमत पार्टी सरकार अल्पमतमा पुगेको छ।

मधेस प्रदेश सभामा जम्मा १०७ सदस्य छन्। यसमा नेपाली कांग्रेस २२, एमाले २५ (सभामुखसहित), जनमत पार्टी १३, लोकतान्त्रिक समाजवादी पार्टी ९, जनता समाजवादी पार्टी १९, माओवादी केन्द्र ९, एकीकृत समाजवादी ७, र नागरिक उत्प्रेषण पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टी १–१ सिटमा छन्।