साहित्य केवल शब्दहरूको संयोजन मात्र होइन, त्यो अनुभव, संघर्ष, पीडा, सपना र समाजसँगको गहिरो सम्बन्धको अभिव्यक्ति पनि हो । यही भावलाई आत्मसात् गर्दै म युवा साहित्यकार न्यूटन आचार्यले आफ्नो पहिलो उपन्यास ‘पर्वतनन्दिनी’ सार्वजनिक गरेको छुँ ।
शनिबार उक्त पुस्तक विमोचनपछि मेरो आत्मीय र भावुक सम्बोधनले उपस्थित सबैलाई गहिरो रूपमा छोएको थियो । उनका शब्दहरूमा साहित्यप्रतिको निष्ठा, परिवारबाट पाएको प्रेरणा, स्वास्थ्यसँगको संघर्ष, गुरुहरूप्रतिको सम्मान र समाजप्रतिको उत्तरदायित्व स्पष्ट झल्किन्थ्यो।
कार्यक्रमको सुरुवातमै प्रमुख अतिथि तथा कार्यक्रममा उपस्थित अग्रज व्यक्तित्वहरूप्रति सम्मान व्यक्त गरेको छुँ । विशेषगरी प्रमुख अतिथिको रूपमा उपस्थित डा.नवराज लम्सालप्रति गहिरो आदर प्रकट गर्दै आफूले सधैं प्रेरणाका रूपमा हेरेको व्यक्तित्वसँग एउटै मञ्चमा बस्न पाउनु जीवनकै विशेष क्षण भएको सम्झन्छुँ ।
मेरा माता–पिता पनि आफ्ना लागि प्रेरणाको स्रोत भएकोले जीवनमा पहिलोपटक उहाँहरूसँग बसेर साहित्यिक साक्षात्कार गर्न पाउँदा गर्व लागेको छ ।
नवयुवा अर्थात जेनजी पुस्ताका आफूले ‘पर्वतनन्दिनी’ उपन्यास १९ वर्षको उमेरमै लेख्न सुरु गरेको हुँ । त्यस समय म त्रिचन्द्र बहुमुखी क्याम्पसमा भूगर्भशास्त्र अध्ययन गरिरहेको थिए ।
अध्ययनकै क्रममा भेट प्रसिद्ध भूगर्भशास्त्री कल्याणराज भट्टराईसँग भयो । भट्टराईले ढुंगाको इतिहास, प्रकृतिको कथा र पृथ्वीभित्र लुकेका संघर्षहरू बुझ्न सिकाए । त्यही क्रममा समाजभित्रका पीडा, अन्याय र मानवीय संघर्षलाई पनि ‘कोट्याउन’ थाले र त्यसैको परिणामस्वरूप ‘पर्वतनन्दिनी’ जन्मिएको हो ।
साहित्यप्रतिको रुचि कसरी जाग्यो भन्ने प्रसंग पनि छ । ९४ वर्षीय हजुरबुवा बालकृष्ण आचार्यले बाल्यकालमा रामायणका श्लोक, गाउँका कथा र आफ्नै सिर्जना सुनाउने गर्दथे । ती शब्दहरूले बालमनमा गहिरो प्रभाव पारेको छ ।
विशेषगरी सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाको भोटसिपा क्षेत्रमा असिना र पानीले पु-याएको विनाशलाई समेटेर हजुरबुवाले लेखेको एउटा कविता छ।
‘उहाँले मलाई कविता मात्र सुनाउनुभएन, आफ्नो समयको पीडा र इतिहास पनि सुनाउनुभयो । पछिल्लो पुस्ताले त्यस्ता दुःख नदेखोस् भन्ने चाहनाले उहाँले ती शब्दहरू रोप्नुभयो ।’
यही पारिवारिक संस्कारले आफूलाई साहित्यतर्फ आकर्षित गरेको हो । आफ्नो साहित्यिक यात्रामा विभिन्न व्यक्तित्वहरूको ठूलो योगदान रहेको छ । वरिष्ठ साहित्यकार त्रिलोचन आचार्यको जीवनशैली र सिर्जनाबाट आफूले धेरै सिकेको हो ।
सुनगाभा साहित्य समाजमार्फत विभिन्न कृति पढ्ने, बुझ्ने र आफ्ना अनुभूतिहरूलाई शब्दमा उतार्ने क्रममा आफू अहिलेको अवस्थासम्म आइपुगेको हो । उपन्यासको अन्तिम चरणमा पुगेका बेला आफू माइग्रेन र मानसिक समस्याबाट प्रभावित भएको थिए ।
‘उपन्यासको बिट मार्ने बेलामा मलाई माइग्रेनको समसस्या भयो । त्यसले लेखन कार्य लामो समय रोकिएको थियो। लाग्थ्यो उपन्यास सायद पूरा गर्न सक्दिनँ । तर चिकित्सकीय हौसला र आत्मबलले फेरि उभिन सकें ।’
त्यो एक युवा सर्जकको आत्मकथा जस्तै थियो, जहाँ गाउँको माटो थियो, परिवारको माया थियो, रोगसँगको संघर्ष थियो, गुरुहरूको आशीर्वाद थियो र समाजप्रतिको गहिरो जिम्मेवारी पनि थियो ।
‘पर्वतनन्दिनी’ सँगै नेपाली साहित्यमा एउटा नयाँ पुस्ताको संवेदनशील आवाज प्रवेश समेत भएको छ ।