क्लासिक ब्रान्डको व्यापार स्थिर, ६४ करोड बढीको कारोबार

  • Clock icon
    २०८२ आश्विन २४, शुक्रबार

आरामदायी निद्रा र गुणस्तरीय ओछ्यान सामग्रीका कारण नेपाली उपभोक्ताको मन जित्दै आएको क्लासिक ब्रान्डले व्यापारमा क्रमिक सुधार गरेको छ। कम्पनीले सन् २०२५ मा ३६ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ, जुन अघिल्लो वर्ष सन् २०२४ को ३६ करोड १० लाख रुपैयाँको तुलनामा स्थिर वृद्धि हो।

सन् १९९० मा व्यापार सुरु गरेको क्लासिक इन्डष्ट्रिजले २०१२ बाट औपचारिक रुपमा उद्योग दर्ता गरी म्याट्रेस, कोयर म्याट्रेस, टुरिस्ट–क्लास होटलका ओछ्यान सामग्री, तकिया, कुसन, सिरक, तन्ना जस्ता उत्पादन गर्दै आएको छ।

कम्पनीको कारोबार सन् २०२२ मा ४० करोड ९० लाख, सन् २०२३ मा ३५ करोड ५० लाख, र सन् २०२१ मा ३९ करोड १० लाख रुपैयाँ बराबर रहेको थियो।

सिमरामा उद्योग स्थापना भएको क्लासिक इन्डष्ट्रिजसँग देशभर २४ वितरक र करिब ५ हजार खुद्रा पसलमा बिक्री सञ्जाल रहेको छ। वितरणमा सहयोग गर्न क्लासिक ट्रेडिङ हाउस प्रालि पनि सक्रिय छ।

कम्पनीले वित्तीय दृष्टिले पनि मजबुत व्यवस्था गर्दै ७२ करोड ३० लाख रुपैयाँको कर्जा रेटिङ गराएको छ, जसमा दीर्घकालीन कर्जा ५६ करोड ६० लाख, र अल्पकालीन कर्जा १५ करोड ७० लाख रहेको छ।

भरतकुमार श्रेष्ठको निर्देशन र मन्दिरा भुजु श्रेष्ठको कार्यकारी नेतृत्वमा कम्पनीले गुणस्तरीय ओछ्यान सामग्रीमा क्लासिक ब्रान्डलाई नेपाली बजारको अग्रणी नाम बनाउने लक्ष्य राखेको छ। लगातारको स्थिर कारोबारले कम्पनीको ब्रान्ड मूल्य अझ बलियो बनाएको देखिन्छ।

  • Clock icon
    २०८२ आश्विन २४, शुक्रबार