सहिद परिवारको साथमा गोल्याण ग्रुप

हामीलाई थाहा छ, कुनै पनि सहयोगले सन्तान गुमाएको पीडा मेटाउन सक्दैन । तर, सँग हातेमालो गरेर हामी दु:खमा साथ दिन चाहन्छौं ।

किन जेन–जी आन्दोलनका सहिद परिवारलाई सहयोग ?

भदौ २३ को जेन–जी आन्दोलनमा ज्यान गुमाएका युवाहरूका साहसको कदर र परिवारप्रति सहानुभूति प्रकट गर्दै गोल्याण ग्रुपले सहयोगको घोषणा गरेको छ। यी युवाहरू परिवारका लागि गौरव बन्ने सपना बोकेका, न्यायका लागि उठेका नागरिक थिए। उनीहरूको बलिदानको पीडा राष्ट्रिय र व्यक्तिगत रूपमा महसुस गर्दै, गोल्याण ग्रुपले दु:खमा साथ दिन र उनीहरूका सपनालाई जीवित राख्न यो कार्यक्रम ल्याएको हो।

गोल्याण ग्रुपको सहयोग कार्यक्रमका मुख्य बुँदाहरू

गोल्याण ग्रुपले सहिद परिवारको गोपनीयता र मर्यादालाई उच्च प्राथमिकतामा राख्दै कुनै पनि नाम वा तस्बिर सार्वजनिक नगरी निम्न सहयोगका लागि प्रतिबद्धता व्यक्त गरेको छ

१। शिक्षा र भविष्य : सहिदका दाजुभाइ–दिदीबहिनी र सन्तानका लागि कक्षा १२ सम्म नि:शुल्क शिक्षाको प्रबन्ध। छात्रवृत्तिमा सामेल बालबालिकाको रुचीअनुसार अतिरिक्त क्रियाकलापमा सहायता प्रदान।

२। स्वास्थ्य र सुरक्षा : सहिदका आमा–बुबाका लागि स्वास्थ्य बीमामार्फत दीर्घकालीन स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्ने।
जेन–जी आन्दोलनका सहिद परिवारलाई गोल्याण ग्रुपको साथ

किन जेन–जी आन्दोलनका सहिद परिवारलाई सहयोगरु

भदौ २३ को जेन–जी आन्दोलनमा ज्यान गुमाएका युवाहरूका साहसको कदर र परिवारप्रति सहानुभूति प्रकट गर्दै गोल्याण ग्रुपले सहयोगको घोषणा गरेको छ। यी युवाहरू परिवारका लागि गौरव बन्ने सपना बोकेका, न्यायका लागि उठेका नागरिक थिए। उनीहरूको बलिदानको पीडा राष्ट्रिय र व्यक्तिगत रूपमा महसुस गर्दै, गोल्याण ग्रुपले दु:खमा साथ दिन र उनीहरूका सपनालाई जीवित राख्न यो कार्यक्रम ल्याएको हो।

गोल्याण ग्रुपको सहयोग कार्यक्रमका मुख्य बुँदाहरू

गोल्याण ग्रुपले सहिद परिवारको गोपनीयता र मर्यादालाई उच्च प्राथमिकतामा राख्दै कुनै पनि नाम वा तस्बिर सार्वजनिक नगरी निम्न सहयोगका लागि प्रतिबद्धता व्यक्त गरेको छ ।

१। शिक्षा र भविष्य सहिदका दाजुभाइ–दिदीबहिनी र सन्तानका लागि कक्षा १२ सम्म नि:शुल्क शिक्षाको प्रबन्ध। छात्रवृत्तिमा सामेल बालबालिकाको रुचीअनुसार अतिरिक्त क्रियाकलापमा सहायता प्रदान।
२। स्वास्थ्य र सुरक्षा सहिदका आमा–बुबाका लागि स्वास्थ्य बीमामार्फत दीर्घकालीन स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्ने।

सहयोगको अर्थ
यो सहयोग सन्तान गुमाएको पीडा मेटाउने प्रयास नभई, पीडित परिवारसँग हातेमालो गर्ने, साझा जिम्मेवारी र सहानुभूति सहितको प्रतिबद्धता हो। यसले ुपरिवर्तनका लागि उभिएका ती युवाहरू एक्ला थिएनन् र उनका परिवारहरू पनि अब एक्ला रहने छैनन्ु भन्ने बलियो सन्देश दिएको छ।

भदौ २३ को जेन–जी आन्दोलनलाई सचेत पुस्ताको साहस र त्यागको प्रतीक मान्दै, गोल्याण ग्रुपले सहिद युवाले देखेको परिवर्तनको सपनालाई अगाडि बढाउने नैतिक जिम्मेवारी महसुस गरेको छ।

ज्योति गैह्रै
प्रमुख, कर्पोरेट अफेयर्स एण्ड कम्युनिकेशन
गोल्याण ग्रुप