राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले न्यायालय क्षेत्रमा देखिएका विकृति, विसंगति र विवाद समाधानका लागि संसदबाटै आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।
आज शनिबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकका निर्णयहरूबारे जानकारी दिँदै पार्टी प्रवक्ता जगदीश खरेलले न्याय क्षेत्रको समग्र पुनर्संरचनाका लागि संसदीय दललाई आवश्यक निर्देशन दिइसकिएको बताए।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता खरेलले शक्ति पृथकीकरणको सिद्धान्त अनुसार अदालत र सरकारबाट मात्र नभई संवैधानिक बाटो संसद भएकाले संसदबाटै न्याय निरूपण र पुनर्संरचनाको विषय उठाइने स्पष्ट पारे ।
महाअभियोगबारे सोधिएको प्रश्नमा उनले प्रक्रिया संसदीय दलमार्फत संसदमा प्रवेश गरेपछि मात्रै त्यसको टुंगो लाग्ने बताए।
