नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा जीवन कुमार कटुवाल नियुक्त भएका छन्। उनी कर्मचारी सञ्चय कोषको तर्फबाट प्रतिनिधित्व गर्दै बैंकको नयाँ सञ्चालकका रूपमा चयन भएका हुन्।
कटुवालले असोज २४ गते बैंकका सञ्चालक समितिका अध्यक्षसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। उनले यसअघि सो पदमा कार्यरत ध्रुव भट्टराईको स्थान लिएका हुन्।
बैंकले कटुवालको नियुक्तिसँगै सञ्चालक समितिको संरचना थप सुदृढ भएको जनाएको छ। नेपाल बैंक लिमिटेड देशकै पहिलो वाणिज्य बैंक हो, जसले विगत नौ दशकदेखि बैंकिङ सेवा विस्तार गर्दै आएको छ।
