सरकार निर्वाचन तयारीमा, एकीकृत सुरक्षा योजना लागू हुँदै

सरकार आगामी निर्वाचनको तयारीमा जुटेको छ र आइतबारदेखि एकीकृत सुरक्षा योजना कार्यान्वयनमा जान लागेको छ। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपतिको उपस्थितिमा सुरक्षा निकायका प्रमुखहरूसँग भएको छलफलको जानकारी दिँदै भनिन्, “निर्वाचनका लागि राजनीतिक वातावरण र सुरक्षा सुदृढीकरणमा छलफल केन्द्रित थियो।”

सरकारले राजनीतिक दलहरूसँग पनि संवाद सुरु गरिसकेको छ। यस क्रममा प्रधानमन्त्रीले माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ र वर्षमान पुनसँग भेट गरेकी छन्। गृह मन्त्री अर्यालले सुरक्षा निकायलाई आवश्यक स्रोतसाधनको अभाव नहुने बताएका छन्।