गायिका नितुको मृत्यु

  • Clock icon
    २०८२ कार्तिक ७, शुक्रबार

आफैँलाई आगो लगाएकी गायिका नितु पौडेलको मृत्यु भएको छ। कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको काठमाडौँ प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

उनका अनुसार आज शुक्रबार बिहान साढे ८ बजे अस्पतालले मृत घोषणा गरेको हो।

गत शनिबार अनामनगरमा उनले आत्मदाहको प्रयास गरेकी थिइन्। आगलागिपछि गम्भीर घाइते थिइन्।

यस घटनापछि प्रहरीले गायक बाबुल गिरीलाई नियन्त्रणमा लिएर सोधपुछसमेत गरेको थियो। प्रहरीले घटनाबारे अनुन्धान जारी रहेको जनाएको छ।

 

 

नेपालखबरबाट साभार

  • Clock icon
    २०८२ कार्तिक ७, शुक्रबार