कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैंकको सञ्चालक समितिको कार्तिक १९ गतेको बैठकले सो लाभांश दरमा निर्णय गरेको हो।
वितरण हुने १३ प्रतिशत लाभांशमा ३.२५ प्रतिशत बोनस शेयर र ९.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) समावेश रहेको बैंकले जनाएको छ।
साथै, बैठकले हाल कायम फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा वार्षिक ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ। नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि, आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीहरूलाई लाभांश वितरण गरिनेछ।
