तेह्रथुम पावर लिमिटेडको अध्यक्ष पदमा लक्षुमन तिवारी नियुक्त भएका छन्। कम्पनीको कार्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। तिवारी यसअघि कम्पनीको संचालक पदमा कार्यरत थिए।
साथै, कम्पनीले पूर्व अध्यक्ष भूपतिलाल श्रेष्ठलाई प्रबन्ध संचालकमा मनोनयन गर्ने निर्णय गरेको छ। यसअघि प्रबन्ध संचालक रहेका मोहन डाँगीले राजीनामा दिएका छन्। डाँगी स्थापनाकालदेखि कम्पनीको कार्यकारी संचालकको रुपमा काम गर्दै आएका थिए।
डाँगीले ७.५ मेगावाट माथिल्लो खोरूङ्गा खोला साना जलविद्युत आयोजनाबाट ६७ महिनापछि बिजुली उत्पादन सम्पन्न गरेपछि राजीनामा दिएका हुन्। उनी अहिले लालुपाते हाइड्रोपावरको ८३.२५ मेगावाट दाना खोला जलविद्युत आयोजनामा ध्यान दिनुपर्ने कारणले तेह्रथुम पावरबाट बाहिरिएका हुन्।
डाँगीको स्थानमा होम प्रसाद डाँगीलाई संचालक पदमा मनोनित गरिएको छ। यससँगै, तेह्रथुम पावरको नयाँ नेतृत्वले आगामी जलविद्युत परियोजना र व्यवस्थापनमा नयाँ दिशा तय गर्ने अपेक्षा गरिएको छ।
