छ वर्षमै नेपाली फर्निचर उद्योगको भरोसायोग्य ब्रान्ड बन्यो सोफा हब

काठमाडौं, साउन २ । नेपाली फर्निचर उद्योगमा छोटो समयमै विशिष्ट पहिचान बनाउन सफल सोफा हब काठमाडौं प्रा.लि. ले आफ्नो छैटौँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। स्वदेशी उत्पादन, गुणस्तरीय सेवा, आधुनिक डिजाइन र ग्राहकको विश्वासलाई आधार बनाएर अघि बढेको कम्पनी आज नेपाली फर्निचर बजारको अग्रणी ब्रान्डका रूपमा स्थापित हुँदै गएको छ।

वार्षिकोत्सव समारोहका प्रमुख अतिथि तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले सोफा हबलाई नेपालमै बसेर पनि सफल उद्यम गर्न सकिने प्रेरणादायी उदाहरणको रूपमा उल्लेख गरे। उनले स्वदेशी उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र युवा उद्यमशीलतालाई प्रोत्साहन गर्न सोफा हबले खेलेको भूमिका प्रशंसनीय रहेको बताए। साथै, हेटौंडामा स्थापना गरिएको फोम उद्योगले आयात प्रतिस्थापन, स्वदेशी उत्पादन विस्तार र औद्योगिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

केवल छ वर्षको अवधिमा देशका विभिन्न स्थानमा ११ वटा शाखा विस्तार गर्न सफल सोफा हबले जनकपुरमा १२औँ शाखा सञ्चालनको तयारी पूरा गरिसकेको छ भने दाङमा पनि नयाँ शाखा विस्तार गर्ने तयारीमा रहेको जनाएको छ। कम्पनीले नेपाली कच्चा पदार्थ, आधुनिक प्रविधि, आकर्षक डिजाइन र गुणस्तरीय उत्पादनमार्फत ग्राहकको विश्वास जित्दै आएको छ।

कम्पनीका अध्यक्ष तारालाल धरेलले कर्मचारी, ग्राहक तथा शुभेच्छुकहरूको निरन्तर साथ र विश्वासकै कारण सोफा हब आज नेपाली फर्निचर उद्योगको स्थापित नाम बन्न सफल भएको बताए। उनले आगामी दिनमा पनि “मेड इन नेपाल” उत्पादनलाई अझ गुणस्तरीय, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय स्तरमा परिचित बनाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, उद्योगी–व्यवसायी, पत्रकार, कलाकार तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यस अवसरमा उत्कृष्ट पत्रकारिता तथा सिर्जनात्मक सामग्री निर्माण गर्ने व्यक्तिहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो भने सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिले समारोहलाई थप आकर्षक बनाएको थियो।

स्वदेशी उत्पादनलाई प्राथमिकता, गुणस्तरीय सेवा, रोजगारी सिर्जना र नेपाली उद्योगको प्रवर्द्धनमा निरन्तर योगदान दिँदै आएको सोफा हबले आफ्नो छैटौँ वार्षिकोत्सवसँगै नेपाली फर्निचर उद्योगलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता पुनः दोहोराएको छ।