राष्ट्रिय युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी

नेकपा एमाले निकट राष्ट्रिय युवा संघको पाँचौं महाधिवेशनबाट क्षितिज थेबेको प्यानलै विजयी भएको छ ।

भर्खरै प्राप्त मत परिणाम अनुसार थेवे १८८ मतान्तरले विजयी भएका हुन् । थेबेले ७९७ ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी सुमन पुरीले ६०८ मत ल्याएका छन् ।

यस्तै युवासंघको महासचिवमा ७५५ मत ल्याउँदै महेश चौलागाईं विजयी भएका छन् । उनका प्रतिस्पर्धीले ६४९ मत ल्याएका छन् ।

१० औं महाधिवेशनवाट निर्वाचित पदाधिकारी र सदस्यहरु
अध्यक्ष : क्षितिज थेवे
उपाध्यक्ष : महाराज गुरुङ
उपाध्यक्ष : विनय शाह
महासचिव : महेश चौलागाईं
उपमहासचिव : उपेन्द्र शाही
सचिव : अरुण कुँवर
सचिव : निसा लिम्बू
सचिव : मोविन अख्तर अलाम
सचिव : मदन भण्डारी