नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गृहमन्त्री रमेश लेखकलाई राजीनामा गराउन आग्रह गर्नुभएको छ ।
संसद् भवनमा प्रचण्डको कार्यकक्षमा विपक्षी दलहरूको बैठक जारी रहँदा प्रधानमन्त्री ओलीले प्रचण्डलाई टेलिफोन गर्नुभएको थियो। उक्त कुराकानीमा प्रचण्डसँग ओलीले संसद् सञ्चालनको वातावरण बनाउन आग्रह गरेपछि त्यसको जवाफमा प्रचण्डले गृहमन्त्रीको राजीनामा नआइ संसद् बैठक सञ्चालन हुन नसक्ने बताउनुभएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
ुप्रधानमन्त्री र प्रचण्डबीच टेलिफोनमा कुराकानी भयो,विपक्षी दलको बैठकमा सहभागी एक नेताले भने, प्रचण्डले प्रधानमन्त्रीलाई भन्नुभयो, गृहमन्त्रीलाई राजीनामा गराएर तपाईंले नै संसद्लाई जानकारी गराउनू।
विपक्षी दलहरूले आज पनि संसद् चल्न नदिने अडान राखेका छन्।