काठमाडौं पूर्व क्षेत्रीय वितरक संघको नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • Clock icon
    २०८२ कार्तिक ३०, आईतवार

नेपाल वितरक संघ, काठमाडौं पूर्व क्षेत्रीय समितिको चौथो अधिवेशन २०८२ ले निलकण्ठ ढकालको संयोजकत्वमा नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको छ। अधिवेशन शनिबार सम्पन्न भएको थियो।

उपसंयोजकमा प्रविण कुमार कर्माचार्य चयन भए भने सचिवमा सुबोध कुमार झा, र सदस्यहरुमा शिव कुमार चौलागाईं, हरिशरण मैनाली, श्याम शर्मा, प्रभात नायक, पारश मणि आचार्य, राजन निरौला, पुरुषोत्तम दाहाल, जय आचार्य, अमृता सिंह र सुजन लामिछाने सर्वसम्मत चयन भएका छन्।

सोही दिन वस्तुगत उप समितिहरु पनि गठन भए।

  • खाद्य वस्तुगत उप समिति: संयोजक श्याम शर्मा; सदस्यहरु कमल गौतम, सन्तोष सुवेदी, अशोक गुप्ता, मणि फुँयाल, अभिनय ढुङ्गाना र उज्ज्वल घिमिरे।

  • कस्मेटिक तथा अखाद्य किराना उप समिति: संयोजक हरिशरण मैनाली; सदस्यहरु विदुर आचार्य, विनोद दाहाल, श्याम गिरि, विष्णु कँडेल, किरण भट्टराई, राजु बस्याल, राज कुमार कँडेल, इस्रत अन्सारी, दिनेश नेपाल र तुलसी खतिवडा।

  • हल्का पेय पदार्थ तथा मदिराजन्य उप समिति: संयोजक शिव कुमार चौलागाईं; सदस्यहरु अच्युत उप्रेती, लेखनाथ थपलिया, देव नारायण चौलागाईं र प्रविण श्रेष्ठ।

अधिवेशनले सल्लाहकार समिति पनि गठन गरेको छ। संयोजकमा विश्वमणि रेग्मी चयन भए भने सदस्यहरुमा रमेश नेमाफुकी र कमल बराल रहेका छन्।

उद्घाटन समारोहमा संघका अध्यक्ष प्रेमहरि मैनालीले एकताबद्ध वितरक संघको महत्व औंल्याउँदै सदस्यहरुको मूलभूत आवश्यकता पूरा गर्न संघले काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले वितरकहरुलाई सामूहिक दुर्घटना बीमा, तालिम तथा क्षमता विकासमा सहभागी हुन आग्रह गरे।

पूर्व अध्यक्ष दुर्गाराज श्रेष्ठ, राजेन्द्र सिंखडा, एसपी ढकाल, वरिष्ठ उपाध्यक्ष नवराज ढकाल, उपाध्यक्ष केशव प्रसाद मैनाली लगायतले पारदर्शी र व्यवस्थित कारोबारमा लाग्न र सदस्यका हक हितमा निरन्तर काम गर्न सबैलाई शुभकामना दिएका छन्।

  • Clock icon
    २०८२ कार्तिक ३०, आईतवार