न्यूजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्सटन पिटर्स नेपाल आइपुग्नुभएको छ ।
दुई दिने नेपाल भ्रमणको क्रममा उहाँले आज बुधबार नै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
साथै, परराष्ट्रमन्त्री डा. आरूजु राणा देउवासँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।