नबिल बैंकले आफ्नो संस्थापक समूहभित्र रहेको कुल १ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकका तीन संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेका यी सेयर हाल विधिसम्मत प्रक्रियामार्फत बिक्रीका लागि खुला गरिएको हो।
बैंकका अनुसार–
-
जीत बहादुर श्रेष्ठका ५०,000 कित्ता
-
जिज्ञाशा अर्यालका ५०,000 कित्ता
-
जश श्रेष्ठका २५,000 कित्ता
गरि कुल १.२५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।
विद्यमान संस्थापक सेयरधनीलाई मात्र आवेदन दिने अधिकार
कम्पनी नियमअनुसार संस्थापक सेयर बिक्रीमा प्राथमिकता बैंककै विद्यमान संस्थापक सेयरधनीलाई हुने भएकाले हाल आवेदन दिने सुविधा यिनै संस्थापक समूहका सेयरधनीले मात्र पाउनेछन्।
इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र काठमाडौं दरबारमार्गस्थित नबिल बैंकको केन्द्रीय कार्यालयभित्र रहेको कम्पनी सचिवको कार्यालयमा आफूले किन्न चाहेको सेयर संख्या र मूल्य उल्लेख गरेर गोप्य शिलबन्दी निवेदन पेस गर्नुपर्नेछ।
सेयर मूल्य निर्धारण
-
जश श्रेष्ठका २५,000 कित्ता सेयरको न्यूनतम मूल्य ३०१.१० रुपैयाँ तोकिएको छ।
-
बाँकी १ लाख कित्ता सेयरका लागि भने कुनै न्यूनतम मूल्य तोकिएको छैन।
सर्वसाधारणलाई पनि खुला हुन सक्छ
यदि तोकिएको समयावधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नआएमा बाँकी सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्न प्रक्रिया अघि बढाइने नबिल बैंकले जनाएको छ। बैंकले संस्थापक सेयर व्यवस्थापनलाई पारदर्शी र प्रतिस्पर्धी बनाउँदै स्वामित्व संरचना थप सुदृढ गर्न यो कदम उठाएको जनाएको छ।

