प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ट्रमा एण्ड इमर्जेन्सी सेन्टर भवनको शिलान्यास गर्नुभएको छ ।
आज दिउँसो एक विशेष कार्यक्रमबीच प्रमले भवनको शुभमुहुर्त गर्नुभएको हो । पुरोहितले जुराएको शुभ साइतमा मन्त्रोच्चारण गर्दै पूजापाठसहित गरिएको शिलान्यास कार्यक्रममा स्वाथ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल पनि उपस्थित हुनुहुन्थ्यो।
धुलिखेल अस्पताल र जापान अन्तरराष्ट्रिय सहयोग एजेन्सी ९जाइका० बीचको समझदारीमा जापान सरकारको सहयोगमा उक्त भवन निर्माण हुन लागेको हो ।