एनएमबीको १०% लभांश प्रस्ताव सार्वजनिक

एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको कमाइबाट आफ्ना सेयरधनीहरूलाई वितरण गर्न १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। मंसिर ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले चालु चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंक (NRB) बाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारण सभा (AGM) ले पारित गरेपछि मात्र सेयरधनीहरूले प्राप्त गर्नेछन्।

एनएमबीले पछिल्ला वर्षहरूमा स्थिर लाभांश वितरण गर्दै आएको छ, र यस वर्ष पनि सेयरधनीमैत्री नीति निरन्तरता पाएको बैंकका अधिकारीहरूको भनाइ छ।