सरकारमा नयाँ ऊर्जा: चौथो पटक मन्त्रीपरिषद् विस्तार आज

  • Clock icon
    २०८२ मंसिर २६, शुक्रबार

प्रधानमन्त्री सुशीला कार्कीले आज चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै सरकारमा नयाँ ऊर्जा भर्ने भएको छ। शुक्रबार थप चार जना नयाँ मन्त्रीलाई समावेश गर्ने तयारी पूरा भएको शीतल निवास स्रोतले जनाएको छ।

नयाँ मन्त्रीमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन्। उनीहरूले विभिन्न मन्त्रालयको नेतृत्व सम्हाल्दै आगामी कार्यहरू अगाडि बढाउनेछन्।

विभागीय जिम्मेवारी:

  • श्रद्धा श्रेष्ठ – महिला तथा बालबालिका मन्त्रालय

  • माधव चौलागाईं – वन मन्त्रालय

  • राजेन्द्रसिंह भण्डारी – श्रम तथा रोजगार मन्त्रालय

  • कुमार इङ्नाम – भूमि व्यवस्था मन्त्रालय

नयाँ मन्त्रीहरूको शपथग्रहण समारोह आज दिउँसो ३ बजे शीतल निवासमा हुने तय भएको छ।

सरकारमा यसपटकको विस्तारलाई नयाँ सुरुवात र प्रभावकारी संयोजनको प्रयास का रूपमा हेरिएको छ।

  • Clock icon
    २०८२ मंसिर २६, शुक्रबार