राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँ निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा निर्वाचनका लागि ८ उम्मेदवारको सिफारिस गरेको छ। यसमध्ये जेन जेड नेता अनिता बिमली समेत रहेको जानकारी दिइएको छ।
अन्य सिफारिस भएका उम्मेदवारहरूमा भुवन पाठक, डा. ठाकुर मोहन श्रेष्ठ, भिमसेन मैनाली, चम्पा अधिकारी, पुण्य प्रसाद श्रेष्ठ, विशाल गुरुङ, र दीपक प्रसाद चौलागाईं रहेका छन्।
प्रतिनिधि सभा निर्वाचन २०८२ साल चैत २१ (मार्च ५, २०२६) मा सम्पन्न हुने तालिका तय गरिएको छ।
