एनआईसी एसिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

काठमाडौं । एनआईसी एसिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् । पौष ९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले अग्रवाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी ९ गतेदेखि नै लागु हुने गरी अध्यक्षमा नियुक्त भएका हुन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ पनि लिएका छन् ।

बैंकका यस अघिका अध्यक्ष तुलसीराम अग्रवालले अध्यक्षबाट पौष ६ गते राजीनामा दिएका थिए । तुलसीराम बैंकबाट बाहिरिए पछि अशोकले अध्यक्षको जिम्मेवारी पाएका हुन् । अशोक विशाल ग्रुपका प्रबन्ध निर्देशक समेत हुन ।बैंकमा अशोक कुमार अग्रवालको  मात्रै ६.१२ प्रतिशत स्वामित्व रहेको छ ।  यस बैंकमा विशाल ग्रुप परिवारको २७ प्रतिशत भन्दा धेरै शेयर स्वामित्व रहेको छ ।