फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा फ्रान्सले स्विडेनविरुद्ध सानदार जित निकोलेको छ।
यो जितसँगै साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को प्रिक्वाटर्डफाइनल ९अन्तिम १६०मा प्रवेश गरेको छ।
अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रंगशालामा केहीबेरअघि सकिएको खेलमा फ्रान्सले स्विडेनलाई ३(० ले पराजित गरेको हो।
फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पेले दुई तथा ब्राडली बारकोलाले एक गोल गरे।
खेलको ४५औँ मिनेटमा एम्बाप्पेले पहिलो गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए।
५३औँ मिनेटमा फ्रान्सका ब्राडलीले गोल गर्दै खेललाई २-० को अवस्थामा ल्याए। खेलको ७४औँ मिनेटमा एम्बाप्पले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३-० को सानदार जित दिलाए।
अन्तिम–३२ को खेलअन्तर्गत आज बिहान ६ः४५ बजे मेक्सिको र इक्वेडोर भिड्दैछन्।
