साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से परिसूचक ४७.५५ अंकले बढेर २६३३.४२ बिन्दुमा पुगेको छ।
आजको कारोबारमा ३ सय २८ कम्पनीको १ करोड ४६ लाख ८१ हजार १ सय ४५ कित्ता सेयर खरिद(बिक्री हुँदा ५ अर्ब ५३ करोड १३ लाख ७० हजार ६१ रुपैयाँबराबरको कारोबार भएको छ।
आज सेन्सेटिभ इण्डेक्स १ दशमलव ८४ प्रतिशत फ्लोट इण्डेक्स १ दशमलव ९२ र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव ८८ प्रतिशतले बढेको छ।
आजको कारोबारमा मिड सोलु हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ९.४९ प्रतिशतले बढेको छ। जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ६.९७ प्रतिशतले बढेको छ। त्यस्तै आज सबैभन्दा धेर विन नेपाल लघुवित्तको शेयर मूल्य १० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा यस दिन यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। यो कम्पनीको २७ करोड ६० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, यस दिन मञ्जुश्री फाइनान्सको करिब साढे २४ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने सिनर्जी पावर डेभलपमेन्टको कारोबार रकम साढे २२ करोड रुपैयाँ नाघेको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २।७० प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
