मध्यराति कार र मोटरसाइकल कुपण्डोलमा ठोक्किदा ३ जना घाइते

ललितपुरको कुपण्डोलस्थित ज्वागल चोकमा गएराति कार र मोटरसाइकल ठोकिँदा तीन जना घाइते भएका छन्।

मध्यराति थापाथलीबाट आएको प्रदेश ३.०२.००२ प ३५४५ नम्बरको मोटरसाइक र पुलचोकतर्फबाट आउँदै गरेको बा.१८ च ३४४७ नम्बरको कार आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा कार चालक र मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन्। तीव्र गतिको कारण दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।