टिकटकले सन् २०२५ भरि नेपालबाट यस प्लेटफर्ममा सबैभन्दा बढी खोजिएका शब्दहरूको सूची सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको सूचीले नेपाली प्रयोगकर्ताहरू यस वर्ष चाडपर्व, संगीत ट्रेन्ड, घुमफिरका गन्तव्य, मनपर्ने कार्यक्रमदेखि दैनिक जीवनमा उपयोगी जानकारीसम्म के–कस्ता विषयमा बढी जिज्ञासु थिए भन्ने स्पष्ट झलक दिएको छ।
टिकटकका अनुसार २०२५ को सर्च सूचीले टिकटक सर्च नेपालमा वास्तविक जीवनका लागि उपयोगी खोज माध्यमका रूपमा तीव्र रूपमा विस्तार हुँदै गएको देखाउँछ। दशैं–तिहार, तीजका लागि आवश्यक सामग्रीदेखि खाना पकाउने रेसिपीसम्म, छिटो जानकारी लिन, समाचार अपडेट थाहा पाउन, स्थानीय शैलीको प्रेरणा लिन तथा नेपाली सन्दर्भ र संस्कृतिबारे बुझ्न प्रयोगकर्ताहरू टिकटक सर्च प्रयोग गरिरहेका छन्।
टिकटक दक्षिण एसियाका कन्टेन्ट अपरेसन्स लिड उमैस नवीदका अनुसार टिकटक सर्च नेपालमा दैनिक जीवनको महत्वपूर्ण हिस्सा बन्दै गएको छ। “मानिसहरू अहिले भिडियो हेर्न मात्र होइन, वास्तविक समयमा जानकारी, सिफारिस र सन्दर्भ खोजिरहेका छन्। खेलकुद गतिविधि पछ्याउन, विकेन्ड ट्रिपको योजना बनाउन, नयाँ कुरा सिक्न वा किनमेल अघि रिभ्यु हेर्न नेपालीहरूले टिकटकलाई आधार बनाइरहेका छन्,” उनले भने। उनका अनुसार यस वर्षका टप सर्चहरूले टिकटकले नेपालीहरूलाई संस्कृति, समुदाय र दैनिक जिज्ञासासँग जोडिरहेको स्पष्ट देखाउँछ।
उद्देश्यसहितका खोज बढ्दै
यस वर्षका सर्चहरूले यात्राका गन्तव्य, सार्वजनिक घटना, प्रविधि, समाचार र ट्रेन्डिङ विषयमा नेपालीहरूको चासो देखाएका छन्। टिकटकमार्फत गन्तव्य खोज्ने, यात्रा योजना बनाउने र नयाँ अनुभव पत्ता लगाउने प्रवृत्ति बढेको देखिन्छ। साथै, विभिन्न क्रिएटरहरूले वास्तविक समयमै जानकारी दिँदा प्रयोगकर्ताहरू अपडेट रहन टिकटक सर्च प्रयोग गरिरहेका छन्।
टिकटकले नेपालमा सशक्त र सिर्जनशील कम्युनिटीलाई निरन्तर साथ दिने र प्रयोगकर्तालाई अर्थपूर्ण तथा रमाइलो तरिकाले जानकारी र प्रेरणा दिन प्रतिबद्ध रहेको जनाएको छ।
२०२५ मा नेपालमा टिकटकमा सबैभन्दा धेरै खोजिएका शब्दहरू
(क्रमबद्ध होइन)
सबैभन्दा धेरै खोजिएका शोबिज सेलिब्रिटी
-
प्रियंका कार्की
-
राजेश हमाल
-
स्वस्तिमा खड्का
-
रेखा थापा
-
मदन कृष्ण श्रेष्ठ
सबैभन्दा धेरै खोजिएका टिकटक क्रिएटर
-
सिम्पल खरेल
-
आश्मा विश्वकर्मा
-
रचना रिमाल
-
अनमोल केसी
-
आना शर्मा
सबैभन्दा धेरै खोजिएका खेलाडी
-
साम्बा
-
बिमल घर्ती मगर
-
दिपेन्द्र सिंह ऐरी
-
एम्बाप्पे
-
मेस्सी
सबैभन्दा धेरै खोजिएका स्थान
-
मुस्तांग
-
मनाङ
-
नर्थ अन्नपूर्ण बेस क्याम्प
-
पशुपतिनाथ मन्दिर
-
भीमसेनस्थान मन्दिर
सबैभन्दा धेरै खोजिएका टिभी शो वा ड्रामा
-
बिग बस
-
परान (चलचित्र)
-
जेरी अन टप (चलचित्र)
-
जारी २ (चलचित्र)
-
रोडिज सिजन ७
सबैभन्दा धेरै खोजिएका ट्रेन्डिङ क्षणहरू
-
तीज
-
कुकुर तिहार
-
मिस ग्राण्ड नेपाल
-
रुटिन अफ नेपाल बन्द
-
एनपीएल सिजन २
सबैभन्दा धेरै खोजिएका गीत / साउन्डट्र्याक
-
ठुमक ठुमक जानीए माहिए दे नाल
-
आइसक्रिम खाउंगी काश्मिर जाउंगी
-
माया गर्नु ल (जोन चाम्लिंग)
-
वाक्क लाग्दो संसार
-
सारी लाएर आएँ भने
सबैभन्दा धेरै खोजिएका खाना / रेसिपी
-
हत्क्युला फ्रुट
-
स्टिम चिकेन रेसिपी
-
सेलरोटी रेसिपी
-
सिंगडा रेसिपी
-
पक्कु रेसिपी
