पेट्रोलियम पदार्थको मूल्य बढ्यो -मूल्यसूची सहित

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाइएको हो ।

भारतबाटै मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढाएको हो । नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल १ सय ५९ र डिजेल तथा मट्टीतेल १ सय ४३ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ । हवाई इन्धन प्रतिलिटर आन्तरिकतर्फ ३ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंमा २२ अमेरिकी डलरले घटाइएको निगमले जनाएको छ ।