पूर्वमन्त्री उमेश प्रसाद यादव जनता समाजवादी पार्टीमा प्रवेश

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उमेश प्रसाद यादवले जनता समाजवादी पार्टी (जसपा), नेपालमा प्रवेश गरेका छन्। मंगलबार पार्टीको केन्द्रीय कार्यालय, बालकुमारीमा आयोजित कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उनलाई स्वागत गरे।

उमेश प्रसाद यादव सन् २०७० को दोस्रो संविधान सभा निर्वाचनमा सप्तरी–३ बाट निर्वाचित भएका थिए। त्यसपछी उनले प्रचण्ड नेतृत्वको सरकारले सिँचाइ मन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए।